Connect with us
Kapilvast Forest

सरकारको कामले बेथिति सृजना भयो : अष्टलक्ष्मी शाक्य 

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

 

हेटौंडा-बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले वर्तमान सरकारले आफू खुशी कर्मचारी सरुवा गरेको आरोप लगाउँदै सरकारको उक्त कदमले बेथिति सृजर्ना भएको बताउनुभएको छ ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा बोल्दै उहाँले सरकारले कर्मचारीहरुमा प्रतिशोध राखेर विभेदपूर्ण ढंगबाट एकै पटक ४०० जना कर्मचारीहरुको अव्यवस्थित रुपमा सरुवा गरेको बताउनुभयो । उहाँले आफ्ना मान्छेहरूलाई पायक पर्ने गरी सरकारले कर्मचारी चलाएकाले प्रदेशमा थप समस्या निम्तिएको धारणा राख्नुभयो । सरकारको यस्तो कार्यले बेथिति सृजना गर्ने भएकाले तत्काल ती योजनाहरु रोक्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कर्मचारीको सरुवा विधिअनुसार गर्नुपर्छ । न कि सरकारको इच्छाअनुसार । वर्तमान सरकारले इगो राखेर एकपटक ४०० कर्मचारीको अव्यवस्थित सरुवा गरेको छ । म यो नहोस् भन्ने पक्षमा छु । कर्मचारीलाई दवाव दिएर हुँदैन ।’

त्स्तै सरकारले एकैपटक १३ जिल्लाको अस्पतालका अध्यक्षलाई राजनीतिक प्रतिशोधका कारण हटाउने काम गरेको उल्लेख गर्दै उहाँले सरकारको यस्तो कार्य अलोकतान्त्रिक भएको बताउनुभयो । सरकारले गरेको काम सहि भएको भए अदालतले पूनर्वहाली किन गर्थ्यो र रु भन्दै प्रश्न समेत गर्नुभयो । बढ्दो महँगी नियन्त्रणमा सरकारको ध्यान जानुपर्ने बताउँदै उहाँले हाल एउटा गरिबले किनेर खान नसक्ने अवस्था आइसकेकाले सरकारले अरु केही गर्न नसकेपनि त्यसको असर न्यूनीकरणमा पहल गर्नुपर्ने बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu