Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीले भने- रक्षामन्त्री हुँदा भीम रावलको दिमाग फुस्किएको थियो र ?

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

 

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेले संसदमा दर्ता गरेको प्रस्ताव अनुमोदन गर्दा एमालेकै नेताहरूले टाउको दुखाउन जरुरी नभएको बताएका छन् ।

 

नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसदमा पेस भएको प्रस्ताव नै अहिले पारित भएको बताए । एमाले सांसद भीम रावलप्रति असन्तुष्टि पोख्दै प्रधानमन्त्री देउवाले सत्तामा हुँदा एमसीसी अघि बढाउनेहरूले अहिले विरोध गर्नुको अर्थ नरहेको बताए ।

‘केपी ओलीले पेस गरेको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो ? रक्षामन्त्री भएर सरकारमा बस्दा एमसीसीबारे थाहा थियो कि थिएन ? एमसीसी खराब थियो भने त्यतिबेला मन्त्रीबाट राजीनामा किन नदिएको ? कि दिमाग फुस्किएको थियो ?’, प्रधानमन्त्री देउवाले भने ।

 

रावल रक्षामन्त्री छँदा मन्त्रिपरिषद्ले एमसीसीबारे महत्वपूर्ण निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले झूठो कुरा नगर्न रावललाई चेतावनी दिए । ‘हिजो सरकारमा बसेर मन्त्री भएर एमसीसी ल्याउने । अहिले आएर एमसीसीको खिलाफमा बोल्न लाज छैन ?’, देउवाले भने ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu