Connect with us
Kapilvast Forest

माओवादी १ नम्बर पार्टी हुने सम्भावना बढ्दै : प्रचण्ड

२०७८, ६ चैत्र आईतवारमा प्रकाशित

पोखरा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र १ नम्बर पार्टी हुने सम्भावना बढेको दाबी गर्नु भएकाे छ ।

देशव्यापी निर्वाचन अभियानमा रहँदा देखिएको जनताको उभारले त्यसको संकेत गरेको प्रचण्डले बताउनुभयाे ।
‘२०६४ सालको चुनावमा ५ सिट जित्छ माओवादीले भन्थे ठूला दलहरूले । कहिले १० सिटसम्म भन्थे । तर, झण्डै बहुमत दिए, जनताले । प्रत्यक्षतर्फ त बहुमतै हो र अहिले २०७९ मा पनि सबैतिरको स्थिति हेर्दा हामी पहिलो पार्टी हुने सम्भावना बढिसक्यो’, प्रेस सेन्टर कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भन्नु भयाे ।

उहाँले संविधान र लोकतन्त्र बचाउँदै उत्पीडित जाति, वर्ग र समुदायको अधिकारको पक्षमा उभिएको दल माओवादी भन्ने जनताले बुझेको बताउनुभयाे ।
सोही कारण मधेस प्रदेशदेखि जताततै माओवादीमा जनताको उभार आएको उहाँको भनाइ छ ।

‘मधेसको ४र५ वटा जिल्ला गएँ । एउटै जिल्लामा हजार १२ सय जना शिक्षक बुद्धिजीवी माओवादीमा प्रवेश गर्नुभएको छ’, प्रचण्डले भन्नु भयाे, ‘हिजो सिन्धुलीमा धेरै मानिस प्रवेश गर्नुभएको छ । साथीहरूले पहिलो पार्टी हुने भन्नुभएको छ, त्यो पनि विश्वासिलो आधारले ।’

उहाँले माओवादीलाई कसैको वैशाखी आवश्यक नभएको र आफ्नै बलमा निर्वाचन लड्ने बताउनु भयाे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu