Connect with us
Kapilvast Forest

सबै दल आ–आफ्नै ढङ्गले गएको भए के देशमा शान्ति आउँथ्याे ? : प्रचण्ड

२०७८, ११ चैत्र शुक्रबारमा प्रकाशित

चितवन – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरूबीच सहमति र सहकार्य हुनुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष दाहालले दलहरू एक्लाएक्लै अघि बढेको भए अहिलेको अवस्थामा आउन नसक्ने उल्लेख गर्नुभयो ।

दलहरूको सहकार्यबाटै संविधान बनेको भन्दै उहाँले भन्नुभयो, ‘सबै दल आ–आफ्नै ढङ्गले गएको भए के देशमा शान्ति आउँथ्याे ?’ के संविधान सभा हुन्थ्यो ? के संविधान जारी हुन्थ्यो ? गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम समयसम्म सहमति सहकार्यलाई मन्त्रको रूपमा भन्ने गरेको स्मरण गर्दै उहाँले याे कुरालाई बिर्सन नहुने बताउनुभयो ।

गठबन्धनका सन्दर्भमा अध्यक्ष दाहालले अहिले केही साथीहरू मिलेर जाने होइन आफ्नै आफ्नै ढङ्गले जानुपर्छ भन्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नै तरिकाले जाने हो भने पनि हामीलाई आपत्ति छैन । आफ्नै–आफ्नै तरिकाले पनि जान सकिन्छ ।’

कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, उपमेयर पार्वती शाह ठकुरी र प्रमुख कार्यकारी अधिकृत रामबन्धु सुवेदीले महानगरले गरेका विकास निर्माणबारे जानकारी गराउनुभएको थियो ।

महानगरले ९४ करोड ३२ लाख रुपैयाँको लागतमा भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । महानगरकी मेयर दाहालले सङ्घीय सरकारबाट ३५ करोड र वाग्मती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम सुनिश्चितता भइसकेको जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu