Connect with us
Kapilvast Forest

गठबन्धन गर्दै जाँदा नेपाली कांग्रेसको हालत भारतीय कांग्रेसको जस्तै हुन्छ: सभापति पुन

२०७८, ११ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौँ – नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले चुनावमा गठबन्धन गर्दै जाने हो भने नेपाली कांग्रेसको हालत भारतीय कांग्रेसको जस्तै हुने बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेता पुनले नेतृत्वसमक्ष चुनावी गठबन्धनको निर्णय नगर्न आग्रह गरेका थिए ।

 

‘कांग्रेसको स्थिति राम्रो भइरहेको छ। गठबन्धन गर्नुपर्ने कारण के? हिजाको समीक्षा गर्ने कि नगर्ने? हामी पार्टीभित्रै एक ढिक्का होस् । पहिले पार्टीभित्रै गठबन्धन गरौं । गठबन्धन गर्ने हो भने मतभारलाई आधार बनाऔं । गठबन्धन गर्ने कि नगर्ने टिकट वितरण गर्ने अधिकार प्राप्त समितिले दिनुपर्छ। कांग्रेसले अन्य दलसँग गठबन्धन गर्नु पर्ने अवस्था छैन। सोलोडोलो तह छुट्टाएर गठबन्धन गर्नु फाइदाजनक हुँदैन। गठबन्धन माथिल्लो तहले निर्णय लाद्ने हो भने घाटा हुन्छ। गठबन्धन गर्ने आधार र मापदण्ड त हुनुपर्छ होला नि !’ नेता पुनले भनेका थिए ।

 

अहिले कांग्रेस बलियो भएकोले पनि चुनावी गठबन्धन गर्न आवश्यक नरहेको उनको तर्क थियो । यदि गठबन्धन गर्दै जाने हो भने नेपाली कांग्रेसको हालत पनि भारतीय कांग्रेसको जस्तै हुने भन्दै उनले चिन्ता व्यक्त गरेका थिए ।

बैठकमा उनले भनेका छन्, ‘भारतीय कांग्रेसले गठबन्धन गर्दै गयो । अहिले उसैलाई खोज्नुपर्ने भाएको छ। आफ्नै कार्यकर्तालाई अरू दलमा भोट हाल्न सिकाएपछि हुने हालत त्यही हो। गठबन्धन गर्नै परे मतभारलाई हेरौं ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu