Connect with us
Kapilvast Forest

लुम्बिनीमा कांग्रेसले माग्यो सरकारको नेतृत्व

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

बुटवल – लुम्बिनी प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने भद्र सहमति कार्यान्वयन गर्न नेपाली कांग्रेसले माग गरेको छ ।प्रदेश सभा संसदीय दलको वैठकले सर्वसम्मत निर्णय गरी कांग्रेसले नेतृत्व पाउनुपर्ने भद्र सहमति कार्यान्वयनका लागि पार्टी सभापति शेरबहादुर देउवासमक्ष डेलिगेसन जाने निर्णय गरेको हो ।

गत साउन २७ मा शंकर पोखरल नेतृत्वको सरकार विस्थापित गरेर माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउँदा नेपाली कांग्रेससँग ८/८ महिना आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको थियो । तर सहमति अनुसार सरकारको नेतृत्व परिवर्तन नभएपछि कांग्रेस संसदीय दलको वैठकले नेतृत्व लिन केन्द्रीय नेतृत्वसंग अनुरोध गर्ने सर्वसम्मत निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताउनु भयो ।

‘पूर्वसहमति कार्यान्वयनका लागि पहलकदमी लिन पार्टी सभापति शेरबहादुर देउवासंग अनुरोध गर्ने निर्णय भएको हो’ प्रमुख सचेतक खानले भन्नु भयो , ‘संसदीय दलको बैठकको निर्णय सभापति देउवालाई बुझाउन नेता वीरेन्द्र कनौडिया आइतबार काठमाडौं जानुहुन्छ ।’

 

नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले गठबन्धन सरकार बन्दा माओवादी केन्द्रले फागुन २ गते जनयुद्ध दिवस मनाएर सत्ता हस्तान्तरण गर्ने सहमति जनाए पनि कार्यान्वयन नभएको बताउनु भयो । ‘सरकारको नेतृत्वमा हाम्रो दाबी स्वभाविक हो तर केन्द्रीय नेतृत्वले गर्ने निर्णय स्वीकार गरेर अघि बढ्छौं,’ नेता कनौडियाले भन्नु भयो ।

माओवादी केन्द्रका नेता एवं सरकारका प्रवक्ता तिलकराम शर्माले भने प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने विषय लुम्बिनीको मात्र नभएको बताए । ‘लुम्बिनीको मात्र आलोपालो गर्ने भन्ने होइन, योसँगै गण्डकीको के गर्ने भन्ने पनि आउँछ,’ शर्माले भन्नु भयो , ‘हामीलाई नेतृत्व छाड्न गाह्रो छैन, तर केन्द्रीय नेतृत्वबीच सहमति हुनुपर्‍यो ।’

आलोपालो सहमति कार्यान्वयन भएमा नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने छन् ।लुम्बिनीमा माओवादी केन्द्रका ,नेपाली कांग्रेस,जनता समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र उक स्वतन्त्र सांसदसहित गठबन्धन सरकार छ । ८१ सदस्यीय प्रदेश सभामा प्रमुख प्रतिपक्षी एमालेका ३६ सांसद छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu