Connect with us
Kapilvast Forest

केपी ओली गुटले हामी पूरानै एमाले हौं भनेर देशभरी भ्रम छरिरहेको छ:झलनाथ

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी ओली नेतृत्वको नेकपा एमाले उत्प्रेषणको आदेशबाट बनेको गुट भन्दै आफूहरुले बनाएको एमाले नेकपा एकतासँगै विघटन भइसकेको बताएका छन् ।

 

नेकपा एस निकट समाजवादी प्रेस संगठनको विस्तारित बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेता खनालले एमालेहरुले अहिले देशभरी आफूहरु पूरानै एमाले भएका भनेर भ्रम छरिरहेको बताए ।

खनालले भने– त्यो गुटले देशभरी भ्रम छरिरहेको छ, एमाले भनेर । त्यो एमाले त नेकपा एकीकरणसँगै विघटन भइसकेको हो । यो त सर्वोच्च अदालतको उत्प्रेषणको आदेशबाट जन्मिएको गुट हो । तर त्यसभित्र हामीले तन्त्रमन्त्र गरेका र शिक्षित गरेका थुप्रै साथीहरु त्यहाँभित्र हुनुहुन्छ । उहाँहरु भ्रममुक्त भएर आउनुपर्छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu