Connect with us
Kapilvast Forest

एमाले उपाध्यक्ष पौडेलसहितको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

 काठमाडौं –नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको एमालेको प्रतिनिधिमण्डल चीनको चारदिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएको छ । चीनको कुन्मिङमा आयोजित एक कार्यक्रममा सहभागी भएर सो प्रतिनिधिमण्डल शुक्रबार राति स्वदेश फर्किएको हो । सो प्रतिनिधिमण्डल गत सोमबार चीन गएको थियो ।

उपाध्यक्ष पौडेल नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना भएको ‘इकोनोमिक कोअपरेशन एन्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी भएको थियो । सो प्रतिनिधिमण्डलमा उपाध्यक्ष पौडेलसहित स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल र केन्द्रीय सदस्य मीना रखाल रहेका थिए ।

स्वदेश फर्किएपछि उपाध्यक्ष पौडेलले सो कार्यक्रममा नेपालका तर्फबाट धारणा राखेको प्रतिक्रिया दिँदै उनले नेपाल चीनबीचको सांस्कृतिक आदानप्रदानमा भ्रमण फलदायी भएको बताए । उपाध्यक्ष पौडेलले नेपालको विकासका विविध पक्षका साथै आर्थिक सामाजिक सहयोगमा चीनले सकारात्मक भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu