Connect with us
Kapilvast Forest

प्रधानमन्त्री देउवाले विमस्टेकलाई काठमाडौंबाटै सम्बोधन गर्ने

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

 

काठमाडौं- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंबाटै सम्बोधन गर्ने हुनुभएको छ ।

श्रीलंकाको राजधानी कोलम्बोमा हुने बिमस्टेक शिखर सम्मेलनलाई प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

बिमस्टेकको पाँचौं शिखर सम्मेलन चैत १६ गतेदेखि सुरु हुँदैछ ।सम्मेलनमा सहभागिता जनाउन परराष्ट्रमन्त्री नारायण खड्कानेतृत्वको प्रतिनिधिमण्डल भने कोलम्बो जाने भएको छ ।बिमस्टेकको पाँचौं सम्मेलन आधा भर्चुअल र आधा भौतिक उपस्थितिमा हुने भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu