Connect with us
Kapilvast Forest

सोमपाल कामीले लिए लगातार दुई बलमा दुई विकेट

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं -पपुवा न्यूगिनी पीएनजीविरुद्धको दोश्रो एक दिवसीय क्रिकेटमा सोमपाल कामीले लगातार दुई बलमा दुई विकेट लिएका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २७९ रनको लक्ष्य पछ्याएको पीएनजीका ब्याट्सम्यानलाई सोमपालले दोश्रो ओभरको दोश्रो र तेश्रो बलमा आउट गरेका हुन् ।

 

उनले ओनर टोनी उरालाई कुशल भुर्तेलको हातबाट क्याच गराए । यस्तै दोश्रो ओभरको तेश्रो बलमा असद भालालाई आरिफ शेखको हातबाट क्याच गराए ।

पहिलो एक दिवसीयमा उराले ३८ रन र भालाले ६० रन बनाएका थिए । दोश्रो ओभरमा नै दुई विकेट गुमाएपछि पिएनजी दबाबमा परेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu