Connect with us
Kapilvast Forest

घरेलु मैदानमा पीएनजीसँग नेपालको लगातार दोस्रो हार

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं– नेपालसँगको दुई खेलको एकदिवसीय क्रिकेट श्रृंखलामा पाहुना टोली पपुवा न्यूगिनी (पीएनजी)ले क्लिन स्विप गरेको छ । आजको दोस्रो एकदिवसीयमा पीएनजीले नेपाललाई ३ विकेटले हरायो ।

नेपालले जितका लागि दिएको २ सय ७९ रनको लक्ष्य पपुवा न्यूगिनीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाउँदै भेट्टायो । घरेलु मैदानमा पपुवा न्यूगिनीसँग नेपालको लगातार यो दोस्रो हार हो । यसअघि हिजो भएकाे खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।

आज कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिपेन्द्रसिंह ऐरीको शतकमा ८ विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । ऐरीले आजको खेलमा सर्वाधिक १ सय ५ रन जोडे । उनको यो पहिलो शतक हो । ऐरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने नेपालका तेस्रो खेलाडी समेत बनेका छन् । यसअघि हिजो रोहित पौडेलले १ सय २६ रन बनाएका थिए । त्यस्तै सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि पूर्वकप्तान पारस खड्काले सन् २०१९ मा यूएईसँगको एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाएका थिए ।

आजको खेलमा देव खनालले ७२ रनको अर्धशतकीय पारी खेले । खनाल र ऐरीले १ सय २९ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालले राम्रो योगफल बनाउन सफल भएको थियो । हिजोको खेलमा आरिफ शेख र रोहित पौडेलले १ सय ४ रनको साझेदारी गरेका थिए । आज रोहित पौडेल ३५ रन बनाएर आउट भए । त्यस्तै भीम सार्कीले २६ रन जोडे । कप्तान सन्दीप लामिछाने २४ रनमा र सोमपाल कामी ३ रनमा अविजित रहे ।पपुवा न्युगिनीका एली नाओले ३ तथा नर्मन भानुवाले २ विकेट लिए । चाद सोपर र चाल्स अमिनीले एक/एक विकेट लिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu