Connect with us
Kapilvast Forest

भोलि ओली कपिलवस्तु आउने: ३० हजारभन्दा बढी जनसहभागिता जुटाउने तयारी

२०७८, १३ चैत्र आईतवारमा प्रकाशित

कपिलवस्तु-अध्यक्ष ओली कपिलवस्तु आउने भएपछि कार्यक्रमलाई पार्टी प्रवेश तथा कपिलवस्तुको चुनावी सभा गर्ने तयारी गरेको छ । एमाले नेता अधिकारीका अनुसार यो सभामा ३० हजारभन्दा बढी जनसहभागिता जुटाउने तयारी भइरहेको छ ।

बृहत भेलाबाट हृदयेश त्रिपाठीसँगै तत्कालीन राष्ट्रिय जनता पार्टी छाडेर स्वतन्त्र राजनीतिक समूहमा रहेका पूर्वमन्त्री वृजेशकुमार गुप्ता र धर्मबहादुर लाल श्रीवास्तवले त्रिपाठी समूह छोड्नु भएको छ । सुर्य चिन्ह लिएर चुनाव जिते पनि स्वतन्त्र सांसदका रुपमा रहेका प्रतिनिधिसभ सदस्य गुप्ता र प्रदेशसभा सदस्य श्रीवास्तवसहित कपिलबस्तुका घरानीया प्रभावशाली राजनीतिक व्यक्तिहरु सामुहिक रुपमा एमाले प्रवेश गर्दै हुनुहुन्छ ।

संघीय र प्रदेश सांसदसहित करिब ५ हजार नेता कार्यकर्तालाई नेकपा एमालेमा प्रवेश गराउन पार्टी अध्यक्ष केपी शर्मा ओली चैत १४ गते कपिलवस्तु आउने निश्चित भएको सो पार्टीका जिल्ला इन्चार्ज बलराम अधिकारीले बताउनुभयो । दुई जना पूर्वमन्त्रीहरु तथा सांसदसहित क्षेत्र नं २ र १ बाट ५ हजारभन्दा बढी अगुवा कार्यकर्ता एमालेमा प्रवेश गर्ने उहाँले जानकारी दिनुभयो । यस्तै कृष्णनगरबाट डा.रुद्रप्रताप शाह, शाह परिवारकै प्रभावशाली युवा कुडालप्रताप शाहसहित ३ हजारभन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गर्ने अन्तिम तयारीमा रहेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu