Connect with us
Kapilvast Forest

८५ जना मोतिया बिन्दुका बिरामीको निःशुल्क अप्रेशन

२०७८, १९ चैत्र शनिबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको बुढ्ढीमा संचालित २ दिने आखा शिबिरमा ८५ जना मोतिया बिन्दु लागेका बिरामीका निःशुल्क अप्रेशन गरिएको छ । नगरपालिकाले छन्दकाले नारारणी अस्पताल बहादुरगंजको प्राबिधिक सहयोगमा राखेको शिबिरमा ५ सय ३४ जनाले आखाँको जाच गरिएका थिए । सो जाचकाक्रममा ८५ जना मोतियाबिन्दुका बिरामी फेला परेको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख खुबीराम खनालले बताए ।

फेला परेको ८५ जना कै मोतियाबिन्दुका बिरामीको निः शुल्क अप्रेशन गरिएको उनले बताए । शिबिरमा निःशुल्क चश्मा र औषधी समेत बितरण गरिएको थियो । शिबिरमा नगरपालिकाका १० वटै वडा, छिमेकी महाराजगंज र शिवराज नगरपालिकाका केही वडा बिरामीहरु समेत आखा जाँच गराउन आएका थिए । शिबिरमा बिपन्न परिवार र बृद्धबृद्धारु लाभांवित भएको मेयर केशव कुमार श्रेष्ठले बताए । आर्थिक अभावका कारण बर्षो देखि मोतिया बिन्दुका कारण आखाले हेर्न नसक्ने भएका बिरामीहरुले अप्रेशन पछि आफुहरुले नया जीवन पाएको महसुस गरको मेयर श्रेष्ठले बताए ।

बिगत ४ बर्ष देखि हरेक बर्ष पालिकाले आखा शिबिर संचालन गर्दै आएको उनले बताए । ‘ बिरामीहरुले आशिष दिएको देख्दा आफुले पुन्यको काम गरे जस्तो लागेको छ ’ मेयर श्रेष्ठले भने । अप्रेशन पछि आखा देख्ने भए पछि बिरामीहरुले द्ुःखी बनेको आफनो जीवनमा पुनः खुशीयाली छाएको भन्दै खुशी ब्यक्त गरेको थिए । उनीहरुले हरेक पालिकाले यस्तो शिबिर संचालन गरे बिपन्नलाई सेवा दिनु पर्ने बताए । आखा अस्पताचलकी चिफ मेडिकल डाईरेक्टर डाक्टर सुलक्ष्मी कटुवालले आफुहरुले पालिका, गैर सरकारी संस्थाहरुसंग समन्वय गरी आखा शिबिर संचालन गर्दै आएको बताए । शिबिरमा १४ जना स्वास्थयकर्मी खटिएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu