Connect with us
Kapilvast Forest

कांग्रेसले मात्र देश र जनताको भलो हुन्छ

२०७८, १९ चैत्र शनिबारमा प्रकाशित

लुम्बिनी- नेपाली कांग्रेस लुम्बिनी प्रदेस सदस्य रबि ठाकुरले लोकतन्त्र र मानव अधिकारको रक्षा र बिकासका लागि नेपाली कांग्रेसको बिकल्प नरहेको बताएका छन । ‘घर घर जाऔ कांग्रेस जिताऔ’ अभियान अन्तर्गत रूपन्देहीको सम्मरीमाइमा आयोजित भेलालाइ सम्बोधन गर्दै नेता ठाकुरले सो कुरा बताएका हुन ।
२००७ साल अघि देखिको राजनैतिक इतिहास केलाउदा पनि नेपाली कांग्रेस एक मात्र लोकहितकारी पार्टी रहेको उल्लेख गर्दै नेता ठाकुरले लोकतन्त्र र मानवअधिकारका लागि लड्दै देशमा सबैभन्दा लामो र संघर्षपूर्ण इतिहास बोकेको कांग्रेस पार्टीले मात्र देश र जनताको भलो हुन सक्ने बताए ।
उनले एमसीसी परियोजना नेपालको हितमा रहेको बताए ।उनले भने, ‘राष्ट्रको हितमा रहेको एमसिसीबारे अनेक भ्रम फिँजाइएकाले कांग्रेस कार्कर्ताले जनतामाझ प्रष्ट पार्नु पर्छ ।’उनले अविकसित देशहरूको गरिबी र बेरोजगारी अन्त्य गर्नका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजना बनेको बताए ।
आगामी निर्वाचन काङ्ग्रेसले नजित्ने हो भने मुलुक अँध्यारो युगतर्फ प्रवेश गर्ने बताउँदै उनले भने, ‘लोकतन्त्रको रक्षा र नागरिक तथा अभिब्यक्ति स्वतन्त्रताका लागि काङ्ग्रेसको जित आवश्यक छ ।’उनले बिजुलीको उत्पादन विदेशमा बेच्न ट्रान्समिसन लाइन बनाउनु र सडक बनाउनु राष्ट्र हितमा रहेको बताए।
नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेश सभा सदस्य अष्टभुजा पाठकले बैशाख ३० गते हुने स्थानीयतह निर्बाचनमा नेपाली कांग्रेसको जीत सुनिस्चित रहेको भन्दै त्यसका लागि पार्टी भित्रको आपसी तिक्तता र मतभेद त्यागेर कांग्रेस जिताउन सबैजना एक ढिक्काभइ लाग्नुपर्ने उपस्थित नेता कार्कर्तालाइ आग्रह गरे ।
नेता पाठकले भने, ‘योगदान र लोकप्रियताको आधारमा तेरो–मेरो नगरि इमान्दार र योग्य उम्मेद्वार छनौट गर्नुस, जीत सुनिस्चित छ ।’ कम्युनिष्ट लगायतका लोकतन्त्र बिरोधी शक्तिहरूले मुलुकलाइ खतरा पुर्याउन सक्ने बताउदै उनले भने, ‘त्यस्ता स्वार्थी समूह र तानाशाही तप्काबाट सावधान रहन आवश्यक छ ।’
नेपाली कांग्रेस नि.क्षे.नं.४‘क’का सभापति शिव कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सदस्य बासुदेव यादव, महाधिवेशन प्रतिनिधि गया प्रसाद बरइ, नि.क्षे.नं. ४ का क्षेत्रिय सभापति मुकेश यादव, जिल्ला सदस्य एवम् सम्मरीमाइ गाउपालिका उपाध्यक्ष प्रियंका शाही, बैजनाथ पाठक, बिरेन्द्र यादव, रमेश यादव, जनार्दन यादव लगायतले अ–आ बिचार राखेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu