Connect with us
Kapilvast Forest

विश्व इतिहासमा आज भएका घटनाक्रम

२०७८, २० चैत्र आईतवारमा प्रकाशित

 

एजेन्सी-विश्व इतिहास मा आजः आज ३ अप्रिल २०२२। आज विश्व इतिहासमा केही घटना विकसित भएका थिए।

सन् १९९६ मा अराजकतावादी विचारबाट प्रेरित अमेरिकी कुख्यात अतिवादी टेड कान्जिस्की पक्राउ परेका थिए। पूर्वप्राध्यापकसमेत रहेका कान्जिस्कीले सन् १९७८ देखि १९९५ सम्म १६ वटा लेटर बम पठाएका थिए, जसमा ३ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए। अनबम्बरसमेत भनिने कान्जिस्की कुनै बेला प्रतिभाशाली व्यक्ति थिए।

अमेरिकामा मार्शल प्लान
सन् १९४८ को ३ अप्रिलमा अमेरिकाका ३३ औँ राष्ट्रपति ह्यारी एस ट्रुम्यानले इकोनोमिक रिकभरी एक्ट, १९४८ मा हस्ताक्षर गरेका थिए। पछि यसलाई मार्शल प्लान भनेर चिनिन थालियो। दोस्रो विश्वयुद्धको अन्त्यपछि युरोपेली अर्थतन्त्रहरूको पुनर्निर्माण गर्न र कम्युनिष्टहरूलाई नियन्त्रणमा लिनबाट रोक्न सो योजनाअन्तर्गत १२ दशमलब ४ अर्ब डलर बिनियोजन गरिएको थियो।

काटिन नरसंहार
सन् १९४० मा सोभियत फौजले करीब २२ हजार पोल्यान्ड नागरिकको हत्या गरेको थियो। काटिन नरसंहारलाई इतिहासमा युद्धबन्दीहरूको सबैभन्दा खराब नरसंहार मानिन्छ। जोसेफ स्टालिनले पोल्यान्डका सैन्य अधिकारी अफिसरसहितका सबै बन्दीलाई मृत्युदण्ड दिने आदेशमा हस्ताक्षर गरेका थिए।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu