Connect with us
Kapilvast Forest

त्रिकोणत्मक सिरिजको उपाधिका लागि आज नेपाल–पीएनजी भिड्दै

२०७८, २१ चैत्र सोमबारमा प्रकाशित

 

काठमाडौं – त्रिकोणात्मक टि–२० सिरिजको उपाधिका लागि आज घरेलु टोली नेपाल र पपुवा न्युगिनी पिएनजीबीच प्रतिस्पर्धा हुँदैछ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। पिएनजी, मलेसिया सम्मिलित सिरिजमा अपराजित रहँदै नेपाल फाइनल पुगेको हो। समान ४ खेलमा १–१ खेल जितेका मलेसिया र पिएनजीको २ अंक छ तर नेटरनरेटमा अगाडी रहँदै पिएनजीले नेपालसँगको भेट पक्का गरेको हो।

सिरिज अन्तर्गत पहिलो खेलमा पिएनजीलाई १५ रनले हराएको नेपालले दोस्रो खेलमा ३७ रनको जित निकालेको थियो। यस्तै नेपालले मलेसियाविरुद्धको पहिलो खेलमा ६ विकेट र पहिलो खेलमा ८५ रनको जित निकालेको थियो।

पिएनजीले भने निर्णायक खेलमा मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो। यसअघि पिएनजीसँगै भएको दुई खेलको एक दिवसिय सिरिजमा नेपाल दुवै खेलमा पराजित भएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu