Connect with us
Kapilvast Forest

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको १ हजार रन पूरा

२०७८, २१ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं – नेपालका दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि भिडन्तमा पपुआ न्युगिनीसँग खेल्नेक्रममा दीपेन्द्रले २१ रन जोडेपछि उनको एक हजार रन पूरा भएको हो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान पनि बनेका छन् ।

दीपेन्द्रले ३९ खेलमा एक शतक र ४ अर्धशतक बनाएका छन् । उनले जारी शृङ्खलाको लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध अविजित १ सय १० रन बनाएका थिए । त्यसभन्दा अघिल्लो खेलमा पीएनजीविरुद्ध नै ६६ रन जोडेका थिए ।

 

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानमा ७ सय ९९ रनसहित पारस खड्का दोस्रो, ७ सय ४८ रनसहित ज्ञानेन्द्र मल्ल तेस्रो र ५ सय ४८ रनसहित कुशल भुर्तेल चौथो स्थानमा रहेका छन् ।

ऐरीले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा १६ खेलमा एक शतकसहित २ सय ९१ रन बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको नेपालले १२ ओभर ३ बलमा ५ विकेट गुमाएर ८५ रन जोडेको छ ।

कुशल भुर्तेलले २५ र आसिफ शेखले २९ रन बनाए भने रोहित पौडेल २ रनमै आउट भए । दिलीप नाथ र आरिफ शेखले खाता खोल्न सकेनन् । दीपेन्द्र २१ रनमा खेल्दै छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu