Connect with us
Kapilvast Forest

पाँच विकेटले हरायो कोलकत्ताले मुम्बईलाई 

२०७८, २४ चैत्र बिहीबारमा प्रकाशित

mumbai_win
प्रतिनिधिमुलक

 

काठमाडौं -मुम्बई इण्डियन्सलाई पाँच विकेटले हराउँदै कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी– ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

 

बुधबार राति पुनेमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।कोलकत्ताको जितमा पाट कुमिन्स बिस्पोटक ब्याटिङ गर्दै १५ बलमा अविजित रहदै ५६ रन बनाए । भेन्काटेस आयरले ५० रनको योगदान गरे । मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले २–२ विकेट लिए ।

 

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा चार विकेट गुमाएर १६१ रनको योगफल तयार पारेको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५२ रन बनाए । कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक २ विकेट लिए ।

जितसँगै कोलकत्ताले ४ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो हारसँगै मुम्बईले अंक जोड्न सकेको छैन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu