Connect with us
Kapilvast Forest

बस्नेतको ‘जुनै जोगी आएपनि कानै चिरेका’ सार्वजनिक -भिडियोसहित

२०७८, २४ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौ- देशमा व्याप्त अस्वस्थ्य प्रतिस्पर्धा, नेताहरुको जथाभावी आस्वासन मात्र बाढ्ने प्रवृती र भ्रष्टाचारलाई केन्द्रमा राखेर ‘जुनै जोगी आएपनि कानै चिरेका’ बोलको गीत सार्वजनिक भएको हो ।

तिलक बस्नेतले आफनो युट्युव च्यानल मार्फत सार्वजनिक गर्नु भएको हो ।गीतले राजनीतिक दलका नेताहरुको बोली, तिनले दिएका आश्वासन र भ्रष्टाचारलाई ब्याग्यात्म र आक्रोशितशैलीमा प्रस्तुत गरिएको छ ।

काठमाडौंको फोहोर, स्मार्टसिटी, पानी जहाज, रेलगाडी, घरघरमा ग्यास पायप, भ्यूटावर लगायतका विषयलाई केन्द्रमा राखिएको छ।

गीतमा गायिका शोनिका लामा र तिलक बस्नेतले स्वर दिनुभएको छ । गीतमा वरिष्ठ पर्यटन व्यवसायी एवम समाजसेवी सान्त शर्मा नेताको भूमिकामा हुनुहुन्छ । यस्तै लोकप्रिय संचारकर्मी ऋषि धमला पत्रकारको भूमिका देखिनुभएको छ ।

प्रकाश बस्नेत र रक्षा बस्नेतको अभियन रहेको छ भने म्युजिक एरेन्ज सुदिप सागरले गर्नुभएको हो । भिडियो निर्देशन पनि गायक बस्नेतले नै गर्नुभएको छ ।

देशमा व्याप्त भ्रष्टाचार, फोहोर र चुनावका बेला नेताहरुले गरेको प्रतिवद्धता पूरा नगरेको विषयलाई गहकिलो ढंगबाट प्रस्तुत गरिएको छ। आउँदै गरेकाले चुनावमा यस गीतले आमनागरिकलाई सचेत बनाइ सक्षम र सबल नेतृत्व चयन गर्नका लागि महत्वभूमिका निर्वाह गर्ने सक्ने अपेक्षा बस्नेतले गर्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu