Connect with us
Kapilvast Forest

पल शाहलाई सर्वोत्कृष्ट नायकको अवार्ड, नायिकामा पूजा शर्मा

२०७८, २८ चैत्र सोमबारमा प्रकाशित

 

 

काठमाडौं -जबरजस्ती करणीको आरोपमा जेल जीवन बिताइरहेका पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड पाएका छन् ।चलचित्र विकास बोर्डमा आज बाँडिएको बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायक ठहरिएका हुन् ।

‘म यस्तो गीत गाउँछु २’ बाट पलले सर्वोत्कृष्ट नायकको अवार्ड पाउँदा सोही चलचित्रबाट पूजा शर्मा पनि सर्वोत्कृष्ट नायिका बन्न सफल भइन् । यस्तै, सोही चलचित्रबाट सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।

 

चलचित्रले वर्षकै सफल चलचित्रको अवार्डसमेत जितेको छ ।अवार्ड समारोहमा निर्देशक थापा र नायिका पूजा उपस्थित थिए । उनीहरूले पललाई मिस गरेको बताए । जेलमा रहेका पल शाह उपस्थित नरहेकाले उनकाे अवार्ड पनि पुजाले थापेकी थिइन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu