Connect with us
Kapilvast Forest

सञ्जय स्मृति राष्ट्रिय महिला भलिबलको उपाधि नेपाल पुलिसलाई

२०७८, २६ चैत्र शनिबारमा प्रकाशित

 

पाल्पा — पाल्पाको रानीमहलमा सम्पन्न प्रथम सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । रानीमहल परिसर कालीगण्डकी तटमा शनिबारको फाइनलमा लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिसले उपाधि जितेको हो ।

 

फाइनलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २–० सेटमा पराजित गरेको छ । पहिलो सेटमा २१–८ र दोस्रो सेट २१–१७ ले लुम्बिनीलाई पछि पार्दै पुलिसले उपाधि जितेको छ । नेपाल पुलिसका कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेको हो ।

 

लुम्बिनीको कप्तान भावना डाँगी हुन् भने सरस्वती कट्टेलले साथ दिएकी थिइन् । लुम्बिनीको यमकुमारी कंवर मगर कप्तान हुन् । उपाधि जितेसँगै नेपाल पुलिसले १ लाख नगद, ट्रफी (पाल्पाली करुवा), मेडल, पाल्पाली करुवा प्राप्त गरेको छ ।

उपविजेता लुम्बिनी प्रदेशले नगद ५० हजार, ट्रफी (पाल्पाली करुवा), मेडल , पाल्पाली करुवा पाएका छन् । सञ्जय स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा दुई विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र सात प्रदेशको टिम सहभागी थियो । प्रहरी कमला पुनको कप्तानीमा थियो भने लुम्बिनी प्रद्येश भावना डाँगीको कप्तानीमा थियो ।

नेपाल पुलिस क्लबले यसअघि क्वार्टर फाइनलमा प्रदेश १ लाई २१–१, २१–६ र सेमिफाइनलमा गण्डकीलाई २१–१९, २१–९ को सोझो सेटमा पराजित गरेको थियो । लुम्बिनीले क्वार्टर फाइनलमा राष्ट्रिय टोलीकी पूर्वसदस्य रेश्मा भण्डारी र निरुता ठगुन्नाको जोडीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २१–१७, २१–१३ को सोझो सेटमा हराएर सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

 

सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई २१–१७, २१–१४ को सेटमा हराउँलै फाइनल नजिक पुगेको हो । तेस्रोका लागि भएको खेलमा भने सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई पछाडि पारेको छ ।

सुदूरपश्चिमले गण्डकीलाई सोझो सेटमा पछि पारेको हो । पहिलो र दोस्रो सेटमा क्रमश २१–१२, २१–१७ ले गण्डकीलाई हरायो । पवित्रा विसीको कप्तानीमा रहेको गण्डकी प्रदेश र सुदूरपश्चिम भागरथी जोशीको कप्तानी छ । तेस्रो भएसँगै सुदूरपश्चिम प्रदेशले नगद ३० हजार रुपैंयाँ नगद, ट्रफी, मेडल र पाल्पाली करुवा पाएको छ । यस्तै चौथो भएको गण्डकी प्रदेशले पनि नगद २० हजार र प्रमाणपत्र पायो ।

नौ टोलीको सहभागिता रहेको प्रतियोगिता चौत २४ गतेदेखि सुरु भएको थियो । क्वार्टरफाइनलदेखि छनोट हुँदै आएकोमा नेपाल पुलिसकी कमला पुन उत्कृष्ट खेलाडी भएको अन्तर्राष्ट्रिय प्रशिक्षक गौतम प्रसाद लासिवाले जानकारी दिए ।

उनलाई नगद २० हजार र ट्रफी साथै पाल्पाली करुवा प्रदान गरियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्के, प्रतियोगिताका सद्भावना दूत अभिनेता धिरेन शाक्य, खेलाडी अस्मिता शाही लगायतले पुरस्कार, प्रमाणपत्र, ट्रफी प्रदान गरे । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. नेपालले रानीमहल क्षेत्रलाई भलिबल मात्र होइन बिच भलिबलको गन्तव्यका रुपमा विकास गरिनु पर्नेमा जोड दिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu