Connect with us
Kapilvast Forest

बेंगलोरसँग मुम्बईको लगाचार चौथो हार

२०७८, २७ चैत्र आईतवारमा प्रकाशित

एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा शनिबार रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सात विकेटले पराजित गरेको छ । यो जितपछि बेंगलोर अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । मुम्बईको भने यो लगातार चौथो हार हो ।

 

आईपीएल इतिहासकै सबैभन्दा सफल दुई टिम मुम्बई र चेन्नाई सुपर किंग्स दुवै जितहीन छन् भने दुवैले समान चार हार बेहोरेर पुछारमा रहेका छन् । बेंगलोरको भने ६ अंक भएको छ ।

 

पहिले ब्याटिङ गरेको मुम्बईले सूर्यकुमार यादवको ६८ रनको मद्दतले ६ विकेटमा १ सय ५१ रन बनाएको थियो । जवाफमा बेंगलोरले १८.३ ओभरमा तीन विकेट गुमाएर १ सय ५२ रन बनायो ।

विजयी टिमका लागि अनुज रावतले ६६ र विराट कोहलीले ४८ रन बनाए । उनीहरूले दोस्रो विकेटका लागि निर्णायक ८० रनको साझेदारी गरे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu