Connect with us
Kapilvast Forest

सरकारले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने

२०७९, १ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं-त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै सरकारले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले गत साता काठमाडौंमा सम्पन्न टी–ट्वान्टी अर्न्तराष्ट्रिय सिरिज विजेता १६ जना खेलाडीलाई जनही २ लाख रुपैयाँ नगद सहित सम्मान गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई १ लाख ५० हजार रुपैयाँ तथा अन्य अफिसियललाई जनही १ लाख रुपैयाँ सहित सम्मान गर्ने निर्णय गरेको हो ।

यही चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको सिरिजमा नेपालले पपुवा न्युगिनीलाई १५ र ३७ रन तथा मलेसियालाई ६ विकेट र ८५ रनले पराजित गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu