Connect with us
Kapilvast Forest

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अङ्क बाँडे

२०७८, २८ चैत्र सोमबारमा प्रकाशित

liverpool-scaled-1.jpg

एजेन्सी- इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अङ्क बाँडेका छन् । गएराति भएको खेलमा सिटी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

खेलको पाँचौँ मिनेटमा नै सिटीका केभिन डी ब्रुएनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १३ औँ मिनेटमा लिभरपुलका डिएगो जोटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, सिटीका ग्राबियल जिससले खेलको ३६औँ मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाए । खेलकाे ४६औँ लिभरपुलका साडियो मानेले गोल गर्दै लिभरपुललाई २–२ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै लिगको उपाधि होड थप रोमाञ्चक बन्दै गएको छ । म्यानचेस्टर सिटी ७४ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा छ भने लिभरपुल ७३ अङ्कसहित दोस्रो स्थानमा छ ।

यस्तै, गएराति नै भएका अरु खेलमा ब्रेन्टफोर्ड, लेस्टर सिटी र नर्विच सिटी विजयी भएका छन् ।

ब्रेन्टफोर्डले वेष्ट ह्यामलाई र नर्विचले बर्नलीलाई २–० गोल अन्तरले पराजित गरे भने लेस्टर सिटीले क्रिस्टल प्यालेसलाई २ –१ गोल अन्तरले पराजित गर्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu