Connect with us
Kapilvast Forest

नवौँ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ सम्म

२०७९, १ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं-गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ तेस्रो साता आयोजना हुने भएको छ।नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ। युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले प्रतियोगिताको मिति तय गरेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले बताए।

यसअघि आठौं राष्ट्रिय खेलकुद तत्कालिन मध्यपश्चिम रहेको लुम्बिनी प्रदेशमा २०७५ सालमा सञ्चालन भएको थियो। उक्त खेलकुद महोत्सवको समापन समारोहमा नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना गर्ने निधो भएको थियो।

हरेक दुई वर्षमा आयोजना हुने राष्ट्रिय खेलकुदको नवौं संस्करण २०७७ सालमै आयोजना हुनुपर्ने थियो। विश्वब्यापी बनेको कोरोना महामारीका कारण एक वर्षका लागि सारिएको प्रतियोगिता २०७८ मा पनि हुन सकेको थिएन।

नयाँ सदस्य सविचको नियुक्ति भएसँगै मुख्य एजेन्डाको रुपमा अघि सारिएको प्रतियोगिताको मिति तय भए पनि अन्य प्रक्रियाका लागि समय अवधि छोटो रहेको छ। छोटो समयमा नै प्रतियोगिता गर्न सम्बन्ध सबै पक्षसँग सदस्य सचिवले आग्रह समेत गरेको छन्।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यकारी नेतृत्वको विवाद सर्वोच्च अदालतसम्म पुग्दा तोकिएको समयमा प्रतियोगिता हुन नसकेको थिएन ।

यस्तै सदस्य सचिव घिसिङले राष्ट्रिय खेलकुद गतिविधि सञ्चालन गर्नका आर्थिक कारण बाधक नहुने बताए। अर्थ मन्त्रालयबाट बजेट निकासा गरेर भए पनि ठूला प्रतियोगिता तोकिएकै समयमा हुने सदस्य सचिव घिसिङले प्रस्ट पारे। राष्ट्रिय खेलकुद गतिविधि खेलकुद परिषद्को मात्र नभएर देशकै गतिविधि भएकोले हुदैन कि भनेर शंका नगर्न आग्रह गरे।

सदस्य सचिव घिसिङले चीनमा आयोजना हुने १९औं एसियन खेलको तयारी पनि छिट्टै थाल्ने बताए। त्यसका लागि संघहरुसँग समन्वय गरेर अगाडि बढ्ने बताए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu