Connect with us
Kapilvast Forest

सेमिफाइनल पुगेपछि सुखद सिजनको पर्खाइमा लिभरपुल

२०७९, १ बैशाख बिहीबारमा प्रकाशित

एजेन्सी-युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा बराबरीमा रोकिए पनि समग्रमा जितसहित लिभरपुल सेमिफाइनल पुगेको छ ।

दोस्रो लेगमा घरेलु मैदानमा पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोल बराबरीमा रोकिए पनि लिभपुलले समग्रमा ६–४ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो लेगमा लिभरपुलले ३–१ को अवे जितका कारण लिभरपुल सेमिफाइनल प्रवेश गरेको हो ।

 

एनफिल्डमा बुधबार राति भएको खेलमा लिभरपुलका लागि ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोले दुई तथा इब्राहिमा कोनाटले एक गोल गरे । बेन्फिकाका गोन्कालो रामोस, रोमन यारेमचुक र डार्विन नुनेजले गोल गरे । पहिलो लेगमा हार भोगेका कारण बेन्फिका अघिल्लो चरण पुग्नबाट वञ्चित भयो ।

खेलको २१औं मिनेटमा इब्राहिमा कोनाटको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिएको हो । उनले कोन्सटानटिनोस टिसिमिकासको पासमा गोल गर्न सफल भएका थिए । बेन्फिकाका लागि ३२औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

 

५५औं मिनेटमा रोबर्टाे फिर्मिनोले गोल गर्दै लिभरपुललाई २–१ ले अग्रता दिलाएका हुन् । उनले डिएगो जोटाको पासमा गोल गर्न सफल भएका थिए । ६५औं मिनेटमा फिर्मिनोले कोन्सटानटिनोसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि लिभरपुल ३–१ ले अघि बढ्यो ।

त्यसपछि बेन्फिकाले दुई गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याएपनि अघिल्लो चरण पुग्न पर्याप्त रहेन । ७३औं मिनेटमा रोमन यारेमचुकले एलेक्स ग्रिमाल्डोको पासमा तथा ८२औं मिनेटमा डार्विन नुनेजले जोओ मारियोको पासमा गोल गर्न सफल भएका थिए ।

 

लिभरपुलले अब सेमिफाइनलमा भियारियलसँग खेल्ने छ । बार्यन म्युनिखलाई हराउँदै अन्तिम चारमा प्रवेश गरेको भियारियल राम्रो टोली रहेको लिभरपुलका प्रशिक्षक जर्जिन क्लोपको भनाइ छ ।

लिभरपुल प्रशिक्षक क्लोप सेमिफाइनल प्रवेशपछि निकै खुसी छन् । हामी एक कठिन खेल र प्रतिस्पर्धीको आशा गछौं र हामी आफैं पनि कडा प्रतिस्पर्धी भएका कारण हामी खासै वास्ता पनि गर्दैनौं ।’

भियारियल सेमिफाइन प्रवेश गर्न लायकको टोली रहेको उनले प्रतिक्रिया दिएका छन् । ‘भियारियल सेमिफाइनल प्रवेश गर्न लायकको टोली हो । यो कुरा बार्यनका टोलीले सुन्न नचाहलान् तर यो सत्य हो ।’

 

सेमिफाइनलमा भेट हुन लागेका यी दुई टोलीबिच कडा प्रतिस्पर्धा हुने क्लोपले बताए ।भियारियलका प्रशिक्षक उनाइ एमरी चार पटक युरोपा लिग विजेता प्रशिक्षक हुन् । यसको कारण पनि प्रतिपर्धा रोमाञ्चक हुने लिभरपुलका प्रशिक्षक क्लोपको बुझाइ छ ।

‘उनी निकै अनुभवी छन् र उनको टोली निकै जागरुक छन्, कप प्रतिस्पर्धामा कसरी प्रतिस्पर्धा गर्ने त्यो राम्रोसँग जानेका व्याक्ति हुन्’, प्रशिक्षक क्लोपले भने ।

लिभरपुलका लागि अब धेरै बलिया खेल आइरहेका छन् । जसमा शनिबार एफए कपको सेमिफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्दै छ । त्यस्तै एक हप्ता पछि प्रिमियर लिगको शीर्ष दुईको खेल छ ।

लिभरपुल क्लबका प्रशिक्षक क्लोपले पछिल्लो खेलमा ७ खेलाडी परिवर्तन गरेका थिए । उनले विभिन्न समयमा गरिरहेको परिवर्तनले उनको खेलाडी परिक्षणको नयाँ विधि भनेर बुझिन्छ । उनले बेञ्चमा मुख्य खेलाडी मानिएका मोहमद सलह र साडियो माने बेञ्चमा सिमित भएका थिए ।

‘हो मैले सात खेलाडी परिवर्तन गरे किनकी हामीले खेल्नु पर्ने खेल हामीले चाहे अनुरुप भएको थिएन र खेल ३–१ को स्थितिमा रहँदा एकाग्रता गुमायौं । त्यसैले मैले परिवर्तन गरें’, क्लोपले भने ‘यो खेलमा राम्रो प्रदर्शन गरेका कारण हामी सेमिफाइनल पुग्यौंं यसमा म निकै खुसी छु ।’

मंगलबार हुने प्रिमियर लिगको खेल लिभरपुलका लागि निकै खास हुन सक्छ । जसको कारण हो, म्यानचेस्टर सिटी भन्दा एक अंकले तल परेको लिभरपुलले मंगलबार म्यानचेस्टर युनाइटेडसँग खेल्दै छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu