Connect with us
Kapilvast Forest

आर्मीले जित्यो राष्ट्रिय कबड्डीको उपाधि, एपीएफ ४०–१६ ले पराजित

२०७९, ७ बैशाख बुधबारमा प्रकाशित

कैलाली – मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । आज बुधवार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।

देशकै सर्वाधिक धनराशिको कबड्डी प्रतियोगिताका फाइनलमा आर्मीले एपीएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी सङ्घको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता एपीएफले ८० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

यस्तै सेमिफाइनल पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले ४०/४० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगिताका विजयी खेलाडीहरूलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu