Connect with us
Kapilvast Forest

ब्राइटनलाई हराउँदै सिटी फेरि शीर्ष स्थानमा

२०७९, ८ बैशाख बिहीबारमा प्रकाशित

 

काठमाडौँ – दोस्रो हाफमा गरेका तीन गोलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई बुधबार ३–० ले पराजित गर्दै फेरि इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । केभिन डे ब्रुएनाको प्रभावशाली प्रदर्शनको प्रदर्शनले जित निकाल्न सफल सिटीले शीर्ष स्थानमा लिभरपुलमाथि एक अंकको अग्रता बनाएको हो ।

 

 

सिटीका लागि गोल भने रियाद मेहरेज, फिल फोडेन र बर्नाडो सिल्भाले गोल गरे । त्यसमध्ये दुई गोलमा ब्रुएनाले अवसर सिर्जना गरेका थिए । बुधबारको अर्को महत्त्वपूर्ण खेलमा आर्सनलले चेल्सीलाई ४–२ ले हरायो र आफ्नो लगातार तीन खेलको हारमा पूर्ण विराम लगाउन सफल रह्यो ।

 

यो जितपछि आर्सनलले शीर्ष चारमा रहेर युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना फेरि बढाएको छ । अहिले तत्काल आर्सनल ५७ अंकसहित पाँचौट्ट स्थानमा छ । टोटनहम पनि समान अंकसहित चौथो स्थानमा छ । यस्तै अन्य खेलमा न्युकासलले क्रिस्टल प्यालेसलाई १–० ले हरायो भने एभर्टन र लेस्टर सिटीले १–१ को बराबरी खेले ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu