Connect with us
Kapilvast Forest

ईपीएल रोकिएकोप्रति असन्तुष्टि

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं- एभरेष्ट प्रिमियर लिग (ईपीएल) आयोजनाका लागि स्वीकृति नदिएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)प्रति असन्तुष्टि प्रकट गरिएको छ । सोमवार ईपीएल प्रालिले आयोजना गरेको पत्रकार सम्मेलनमा फ्रेन्चाइज टिम मालिकहरूले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।

ईपीएल फ्रेन्चाइज टिमका मालिकहरूले पाँचौं संस्करण आयोजनाका लागि प्रयास गरेका थिए । तर क्यानले प्रतियोगिता गर्न स्वीकृति दिएको छैन । उनीहरूले क्यानलाई असहयोग गर्ने चेतावनीसमेत दिएका छन् । उनीहरूले क्यानले ईपीएल आयोजना हुन नदिएर खेलाडीहरूको अवमूल्यन गरेको समेत जिकीर गरे ।

नेपाली क्रिकेट निलम्बनमा परेको समयमा समेत ईपीएल आयोजना गरी क्रिकेटलाई गतिशील बनाएर खेलाडीको उत्थानमा सहयोग पुगेको यथार्थलाई अहिले क्यानले बिर्सेको उनीहरूको भनाइ छ । ईपीएल सन् २०१६ देखि आयोजना हुँदै आएको छ । ईपीएलसँगै धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग गरी तीनओटा फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता पनि आयोजना हुँदै आएका छन् । ईपीएल फ्रेन्चाइज टिम ललितपुर प्याट्रियट्सका मालिक किशोर महर्जनले क्रिकेटको विकासमा ठूलो योगदान गर्ने लक्ष्यमा क्यानको निर्णयले धक्का लागेको बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu