Connect with us
Kapilvast Forest

गुजरात टाइटन्स आईपीएलको फाइनलमा

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

 

एजेन्सी-गुजरात टाइटन्स आईपीएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।जितका लागि १८९ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले तीन बल बाँकी रहँदै तीन विकेटमा १९१ रन बनाएर जित निकाल्यो । डेभिड मिलर गुजरातको जितको नायक साबित भए । मिलरले ३८ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै अविजित ६८ रन बनाए । उनले अन्तिम ओभरको पहिलो तीन बलमा लगातार छक्का प्रहार गर्दै टोलीलाई फाइनलमा पुर्‍याए । उनलाई कप्तान हार्दिक पाण्डेयले राम्रो साथ दिए । पाण्ड्याले २७ बलमा ५ चौका प्रहार गर्दै अविजित ४० रन बनाए । यसअघि शुभमन गिल र म्याथ्यु वेडले ३५–३५ रनको योगदान दिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो । राजस्थान रोयल्सका लागि जोस बटलरले सर्वाधिक ८९ रन बनाए । बटलरले ५६ बलमा १२ चौका र दुई छक्का प्रहार गर्दै ८९ रन बनाए ।

गुजरात टाइटन्सको टोली पहिलो पटक आईपीएलमा सहभागी भएको हो । तर, यो हारपछि राजस्थान रोयल्ससँग अझै एक मौका छ । उसले एलिमिनेटर राउण्डमा विजेता टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछन्। सन् २००८ को आईपीएलको पहिलो सिजनमा राजस्थान रोयल्सले उपाधि जितेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu