Connect with us
Kapilvast Forest

फुटबल टिमको कप्तानीमा किरणको विकल्प नवयुग

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

 

 

काठमाडौं- नेपाली राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठलाई नियुक्त गरिएको छ।निवर्तमान कप्तान किरण चेम्जोङलाई टिममा समावेश नगरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले लामो समयदेखि राष्ट्रिय टिमको सदस्य रहँदै आएका फरवार्ड नवयुगलाई कप्तानमा चुनेको हो।

एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि कतार जान लागेको नेपाली टिमलाई विदा दिन मंगलबार आयोजित कार्यक्रममा नवयुगलाई कप्तान घोषणा गरिएको थियो।

राष्ट्रिय टिमका खेलाडी र प्रशिक्षकबीचको विवादपछि खेलाडीको समर्थनमा देखिएका किरणलाई कुनै खबर नगरी राष्ट्रिय टिममा समावेश गरिएको थिएन। नवयुगलाई टिम कप्तान नियुक्त गरिएको एन्फा अध्यक्ष शेर्पाले बताए।हाल नियमित टोलीका १० खेलाडी टिम बाहिर छन्।

नेपाली टिमः
गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापारक्षकः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

मिडफिल्डरः आकास बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनिल बल, सुरजजिउ ठकुरीफरवार्डः आयुस घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डांगी र नवयुग श्रेष्ठ (कप्तान)

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu