राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने
काठमाडौं-नेपाल राष्ट्र बैंकले जेठ १३ गते बिहीबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८१ ‘च’ बिक्री खुल्ला गर्ने भएको छ । बैंकले दुई वर्षका लागि सार्वजनिक बोल कबोलमार्फत उक्त विकास ऋणपत्र बिक्री गर्ने भएको हो ।
बुधबार एक सूचना जारी गर्दै बैंकले ऋणपत्र खरिदका लागि इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई तोकिएकै समय भित्र दरखास्त दिन आह्वान गरेको छ । बैंकका अनुसार उक्त विकास ऋणपत्रको बोलकबोल बुधबार दिउँसो ३ बजे हुनेछ ।
कुल १० अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ विना प्रतिस्पर्धात्मक प्रणालीबाट बाँडफाँड गरिनेछ ।
ऋणपत्र खरिदकर्ताले अर्धवार्षिक (६÷६) महिनामा भुक्तानी पाउनेछन् ।