Connect with us
Kapilvast Forest

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडले जित्यो

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

एजेन्सी- च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडले जितेको छ। गएराति राति सम्पन्न खेलमा रियल मड्रिडले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो।पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलमा रियल मड्रिडका लागि खेलको ५९औं मिनेटमा भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो।

खेलमा लिभरपुलले गरेको लगातार ९ प्रहारलाई रियल मड्रिडका गोलकिपर टिबाउट कोर्टोइसले बचाएका थिए।​

मड्रिडले यो सहित १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। पछिल्लो पटक २०१८ मा लिभरपुललाई नै हराएर च्याम्पियन्स लिगको उपाधि जितेको थियो। यो सिजनमा पनि लिभरपुललाई नै पराजित गरेर च्याम्पियन बन्यो।त्यस्तै २०१९ को च्याम्पियन लिभरपुल भने यस पटक उपविजेतामा चित्त बुझायो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu