Connect with us
Kapilvast Forest

गुजरात टाइटान्सलाई पहिलो सहभागितामा नै आईपीएलको उपाधि

२०७९, १६ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं- कप्तान हार्दिक पाण्ड्याको अलराउण्ड प्रदर्शनको मद्दतमा गुजराज टाइटान्सले इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि जितेको छ ।पहिलो पल्ट आईपीएल क्रिकेट खेलिरहेको गुजराजले फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराएर उपाधि उचालेको हो ।

 

गुजरातलाई उपाधि जिताउन कप्तान पाण्ड्याले बलिङतर्फ तीन विकेट मात्र लिइनन्, ब्याटिङतर्फ ३४ रन पनि बनाए ।राजस्थानले टस जितेर पहिला ब्याटिङ गदै २० अभेरमा १३० रन बनाएको थियो । राजस्थानको ओपनरद्वय जोस बट्लरले ३९ र यशस्वी जयसवालले २२ रन बनाए ।

१३१ रनको लक्ष्य गुजरातले खेल सकिन ११ बल बाँकी छँदै भेट्टायो । राजस्थानलाई जिताउन नट आउट रहेका सुवमान गिलले ४५ र डेबिड मिलरले ३२ रन बनाए ।लिगमा १४ मध्ये १० खेल जित्दै पहिलो भएको गुजरातले पहिलो क्वालिफायरमा लिगमा दोस्रो भएको राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।

क्वालिफायरमा पराजित भए पनि अर्को अवसरमा राजस्थानले रोयल च्यालेन्जर्स बेंगलोरलाई दोस्रो क्वालिफायरमा पराजित गरेर फाइनलमा गुजरातसँग भेट पक्का गरेको हो । सन् २००८ मा भएको पहिलो संस्करणको च्याम्पियन राजस्थान त्यसयता पहिलो पटक फाइनल पुगेको भए पनि उपाधि जित्न असफल भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu