Connect with us
Kapilvast Forest

मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल ओमानसँग २–० गोलले पराजित

२०७९, २१ जेष्ठ शनिबारमा प्रकाशित

काठमाण्डाै – मैत्रीपूर्ण अभ्यास खेलमा नेपाली राष्ट्रिय फुटबल टोली ओमानसँग पराजित भएको छ ।कतारको सुहिम बिन हामद मैदानमा गएराति भएको खेलमा नेपाल ओमानसँग २–० गोलले पराजित भएको हो ।

ओमानका ओमार अल मलिकी र इशाम अल सुभीले एक/एक गोल गरे । एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको नेपालले तेस्रो अभ्यास खेलमा ओमानसँग खेलेको हो । यसअघि नेपालले टिमोर लिस्टेको २३ वर्षमुनिको टोलीसँग २/२ गोलको बराबरी खेलेको थियो ।

यस्तै श्रीलङ्कासँग १/१ को बराबरी खेलेको थियो । नेपाली टोली कतारबाट कुवेत जानेछ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालले आउँदो बुधवार जोर्डनसँग, २८ गते शनिवार कुवेतसँग र ३१ गते मङ्गलवार इन्डोनेसियासँग खेल्नेछ ।हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली एसियन कप–२०२३ मा छनोट हुने छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu