Connect with us
Kapilvast Forest

वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट

२०७९, २३ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं -वेल्स ६४ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ । आइतबार राति भएको प्लेअफमा युक्रेनलाई पराजित गर्दै वेल्स विश्वकपका लागि छनोट भएको हो ।

सन् १९५८पछि वेल्स विश्वकपमा छनोट हुन सकेको थिएन । प्लेअफमा युक्रेनलाई १-० गोलले पराजित गरेपछि वेल्स लामो प्रतीक्षापछि विश्वकपमा स्थान बनाएको हो ।

 

वेल्सका लागि कप्तान गेराथ बेलले फ्रिकिकमार्फत गोल गरेका हुन् । यो गोल नै वेल्सलाई विश्वकप पुर्‍याउन काफी भयो ।वेल्स ६४ वर्षपछि विश्वकप पुग्न सफल भएसँग युक्रेनको विश्वकप खेल्ने प्रयास भने असफल भएको छ । रुस-युक्रेन युद्धका कारण यी खेलहरू केही ढिला भएका थिए । देशमा युद्धको सामना गरिरहेको युक्रेन छनोटको अन्तिम चरणमा पुगे पनि सफल भएन ।

विश्वकपमा छनोट भएको वेल्स इंग्ल्याड रहेको समूह बीमा परेको छ । यो समूहमा इंग्ल्याण्डसहित अमेरिका र इरान रहेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu