Connect with us
Kapilvast Forest

दोस्रो अभ्यास खेलमा नेपाल विजयी, रोहितको शतक

२०७९, २२ जेष्ठ आईतवारमा प्रकाशित

 

काठमाडौं- अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो तथा अन्तिम अभ्यास खेलमा जित निकालेको छ।नेपालले अमेरिकी क्लब ह्युस्टन हुरिकेन्सलाई नेपालले २९ रनले पराजित गरेको हो। टस हारेर ब्याटिङ गरेको नेपालले ४९ ओभर एक बलमा दुई सय ५० रन बनायो। यो खेलमा कप्तानी गरेका रोहित पौडेलले शतक प्रहार गरे। उनले ९० बलमा पाँच चौका र चार छक्का प्रहार गरेका थिए।

यस्तै सुनील धमलाले १३ रन बनाउँदा देव खनाल १९ रनमा पेभेलियन फर्किए। यस्तै दिपेन्द्रसिंह ऐरी २४ रनमा आउट हुँदा आरिफ शेखले ४१ रन बनाए। ​

बलिङमा मोहम्मद इलियासले पाँच विकेट लिए भने हरमित सिंहले दुई विकेट लिए।२ सय ५१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको ह्युस्टन हुरिकेन्स ४३ ओभर तीन बलमा २ सय २१ रनमा अलआउट भयो। उसका निनाद निम्बाल्कर ९९ रन बनाए।बलिङमा सोमपाल कामीले पाँच विकेट लिए भने सागर ढकालले दुई विकेट लिए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu