Connect with us
Kapilvast Forest

सेनिटरी प्याड उद्योगीलाई अर्थमन्त्रीको आश्वासन : ‘सल्लाह गरेर मात्र निर्णय गर्छु’

२०७९, २८ जेष्ठ शनिबारमा प्रकाशित

तस्वीर : सेनिटरी प्याड उद्योगीको टोली अर्थमन्त्री जनार्दन शर्माको कार्यकक्षमा

विराटनगर–सेनिटरी प्याड उत्पादन गर्दै आएका उद्योगीले अर्थमन्त्रीलाई भेटेका छन् ।अर्थ मन्त्रालयमा बिहीवार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर सेनिटरी प्याड उद्योगीले सरकारले ल्याएको कर नीतिले उद्योग नै बन्द गर्नु पर्ने अवस्था आएको मन्त्रीलाई अवगत गराएका थिए ।

सेनिटरी प्याड उद्योगीहरुको टोलीमा जस्मिन हाइजिनका पुनित सारडा, हेल्थ एण्ड हाइजिनका राजु थापा, एन्जल टच हाइजिनका सन्तोष भुषाल र राजी हेल्थकेयका डोलराज अधिकारीको टोलीले अर्थमन्त्रीलाई कार्यकक्षमै भेट गरेको थियो ।

उद्योगीका कुरा सुनेपछि मन्त्री शर्माले ‘नियत त्यस्तो नभएपनि त्यस्तो पर्न गएको’ प्रतिक्रिया दिएका थिए । उद्योगीहरुले मन्त्री शर्मालाई सबै म्याटेरियलमा एकमुष्ठ १ प्रतिशत भन्सार महसुल बनाएपनि आयात भएर आउने प्याड एक दशमलव ५ प्रतिशतमा आउने भएकाले जम्मा शून्य दशमलव ५ प्रतिशतमात्रै फरकमा उद्योग सञ्चालन हुन नसक्ने बताएका थिए ।

उद्योगलाई सञ्चालनका लागि कम्तिमा आयातित तयारी प्याड भन्दा १० प्रतिशतको फरक हुनुपर्ने माग उद्योगीहरुले राखेका थिए ।

मन्त्री शर्माले परिपत्र गरेर थप छूट गर्ने अथवा भ्याटमा छूट दिने भन्ने विषयमा सल्लाह गरेर निर्णय गर्छु भन्ने आश्वासन दिएको भेटमा सहभागी जस्मिन हाइजिनका सञ्चालक पुनित सारडाले बताए ।

आयातित प्याडको गुणस्तर परीक्षण हुनुपर्ने, मूल्य र आयातकर्ताका नाम उल्लेख गर्नुपर्ने उद्योगीको मागलाई पूरा गर्ने बताए । भारत र चाइनाबाट बोरामा प्याक भएर आउने र नेपालमा आएर प्याकिङ भएर बजारमा गइरहेका प्याडलाई नियन्त्रण गर्ने प्रतिबद्धता समेत मन्त्रीले व्यक्त गरे ।

सारडाका अनुसार उद्योगीका सबै कुरा सुनिसकेपछि र नेपालमा उत्पादन हुने प्याड पनि विदेशी सरहनै गुणस्तरको रहेको जानकारी पाएपछि मन्त्री शर्माले ‘केही गर्छु’ भन्ने प्रतिक्रिया दिएका छन् ।

मन्त्रीको आवश्वासन पछि प्याड उद्योगीको काठमाडौंको माइतिघर मण्डलामा हुने भनिएको विरोधको कार्यक्रम रोकिएको छ । तर विराटनगरमा भने विरोधको कार्यक्रम जारी रहने सारडाले बताए ।आर्थिकअभियान 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu