Connect with us
Kapilvast Forest

महँगी नियन्त्रणमा आएको भन्दै रुसी केन्द्रीय बैंकले घटायो ब्याजदर

२०७९, २८ जेष्ठ शनिबारमा प्रकाशित

एजेन्सी-रुसी केन्द्रीय बैंक (सीबीआर) ले प्रमुख ब्याजदर कटौती गरेको छ ।शुक्रवार बैंकले ब्याजदर १ दशमलव ५ प्रतिशत अंकले घटाएर ९ दशमलव ५ प्रतिशतमा झारेको छ । योसँगै ब्याजदर रुसले युक्रेनमा अतिक्रमण गर्नु पूर्वको स्तरमा आएको छ ।

रुसी अर्थतन्त्रको बाह्य वातावरण चुनौतीपूर्ण रहेको र आर्थिक गतिविधिमा उल्लेख्य प्रतिबन्ध लागेको भएपनि मँहगी तीव्र गतिमा घटिरहेको र आर्थिक गतिविधिमा आएको कमी अप्रिलमा अपेक्षा गरिएको भन्दा निकै कम भएको एक विज्ञप्तिमा सीबीआरले भनेको छ ।

मे र जुन महीनाको शुरुमा मूल्य वृद्धिको दर न्यून रहेको हालैका डेटाले देखाएको छ । रुबल विनिमय दरमा भएको हेरफेर र महँगी घट्ने आशामा व्यवसाय र घरपरिवारहरुले माग घटेपछि महँगी नियन्त्रणमा आएको बैंकको भनाइ छ ।

यो फेब्रुअरीको अन्त्यतिर बैंकले साढे ९ प्रतिशत रहेको प्रमुख ब्याजदर एक्कासी बढाएर २० प्रतिशत पुरयाएयताको चौथौ कटौती हो । अघिल्लो पटक मेको अन्त्यतिर बसेको विशेष बैठकमा सीबीआरले ब्याजदर १ ४ प्रतिशतबाट घटाएर ११ प्रतिशतमा ल्याएको थियो ।

अप्रिलमा १७ दशमलव ८३ प्रतिशत रहेको रुसी मुद्रास्फीति मेमा १७ दशमलव १ प्रतिशतमा आएको छ । पछिल्लो तथ्यांकले युक्रेनमा अतिक्रमणको तत्कालीन मुद्रास्फीति र अतिक्रमणको प्रतिकारमा अन्तरराष्ट्रिय प्रतिबन्धको झट्का उत्कर्षमा पुगेर ओर्लिएको हुन सक्ने संकेत गरेको छ ।

अतिक्रमण लगत्तै डलरको तुलनमा रुबल ऐतिहासिक न्यून स्तरमा ओर्लिएको थियो । यो अहिले विश्वको सबैभन्दा राम्रो प्रदर्शन गर्ने मुद्रा बनेको छ । यद्यपि, रुबल बलियो बनिरहनेमा अर्थशास्त्रीहरुले आशंका गरेका छन् । शुक्रवारको ब्याजदर कटौतीको निर्णयसँगै डलरको तुलनमा रुबलको भाउ ४ प्रतिशतले बढेको थियो ।

आफूले मुद्रास्फीतिको गत्यात्मकता र पश्चिमी प्रतिबन्धको दीर्घकालीन क्षति न्यूनीकरण गर्न लागू गरिएको आर्थिक रुपान्तरण प्रक्रियालाई नियाल्ने क्रम जारी राख्ने सीबीआरको भनाइ छ ।

यस वर्ष रुसमा वार्षिक महँगी १४ प्रतिशतदेखि १७ प्रतिशतबीच रहने नीतिनिर्माताहरुको अनुमान छ । सन् २०२३ मा यो ५ देखि ७ प्रतिशत रहने र सन् २०२४ मा मात्रै ४ प्रतिशतमा फर्किने अपेक्षा गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu