Connect with us
Kapilvast Forest

आईसीसी विश्वकप लिग–२ : ओमानविरुद्ध नेपालको सानदार जित

२०७९, १ असार बुधबारमा प्रकाशित

काठमाडौं-आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ । अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा नेपालले ओमानलाई सात विकेटले हरायो ।

अमेरिका भ्रमणमा पहिलो जित निकालेसँगै नेपाल लिगको पाँचौं स्थानमा उक्लिएको छ । नेपालले सिरिजको पहिलो खेलमा ओमानसँग हारेको बदला समेत लिएको छ । सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल र अमेरिकाबीचको दोस्रो खेल भने टाई भएको थियो ।

ओमानले दिएको एक सय ६४ रनको विजय लक्ष्य नेपालले ३३.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेल्नुभयो । आसिफले ६२ र कुशलले ५६ रन बनाउनुभयो । दुवैको यो एकदीवसीय करियरको तेस्रो अर्धशतक हो । आसिफले लगातार दोस्रो अर्धशतक प्रहार गर्नुभएको हो ।

पहिलो विकेटका लागि आसिफ र कुशलले २३.५ ओभरमा एक सय १४ रनको शतकीय साझेदारी समेत गर्नुभएको छ । यो एकदीवसीयमा नेपालका लागि ओपनरबाट पहिलो शतकीय साझेदारी पनि हो । यस्तै रोहित पौडेलले अविजित २६ र देव खनालले १० रन बनाउनुभयो । दिपेन्द्र सिंह ऐरीले अविजित ६ रन जोड्नुभयो । बलिङमा ओमानका फैज बटले दुई तथा खवर अलीले एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६.५ ओभरमा सवै विकेटको क्षतिमा एक सय ६३ रन बनाएको थियो। ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ५२ रन बनाउनुभयो । सन्दीप गौडले ४७, जतिन्दर सिंहले २३ र नसिम खुसीले १० रन जोड्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu