Connect with us
Kapilvast Forest

पत्रकार महासंघ संस्थापक विषय चाँडो टुङ्गो लगाउन सुझाव

२०७९, ३ असार शुक्रबारमा प्रकाशित

काठमाडौ- नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका विषयमा अझै वहस जारी रहेकाले त्यसको निक्र्यौल चाँडो गर्नुपर्ने धारणा सञ्चार सम्बद्ध संस्थाका नेतृत्व वर्गहरुले राख्नुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिद्वारा विहीबार यहाँ आयोजित ‘आमसञ्चार प्रशिक्षण प्रतिष्ठान र नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले सो धारणा राख्नुभएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले महासंघको विधानले २०१२ साल चैत १६ गतेको अविच्छिन्नतालाई मान्ने भएपनि संस्थापकका विषयमा अनुसन्धान र अध्ययनका लागि महासंघ खुला रहेको बताउनुभयो । तत्कालिन नेपाल पत्रकार संघ वि.सं. २००८ सालमा स्थापना भएको सही भएको र त्यतिबेलाका सभापति सत्यनारायणबहादुर श्रेष्ठ रहेको विभिन्न लिखत र दस्तावेजले प्रष्ट गरे पनि महासंघले अझै त्यसलाई स्वीकार नगरेको उहाँले प्रष्ट पार्नुभयो ।

संस्थापक अध्यक्षको विषयमा अध्ययन अनुसन्धान गर्न आवश्यक रहेकाले महासंघले त्यसका लागि यही कार्यकालमा अध्ययन समिति गठन गरी काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । इतिहासलाई बंग्याउने छुट कसैलाई नभएकाले अग्रजहरुको सम्मानमा कुनै कमी आउन नदिइने उहाँले बताउनुभयो । महासंघको विधानले संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई मान्ने गरेपनि उहाँको कार्यकाल २०१२ सालबाट शुरुभएको चर्चा गर्नुभयो ।

फोनिजका निवर्तमान अध्यक्ष डण्ड गुरुङले इतिहासको सम्मान सबैले गर्नुपर्ने बताउनुभयो । महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ रहेको तथ्य सही भएपनि महासंघले अझै स्वीकार नगर्नु विडम्बनापूर्ण रहेको बताउनुभयो । संस्थापकको सम्मान नगरिए त्यसको कडा प्रतिवाद गरिने उहाँले चेतावनी दिनुभयो । महासंघ सबैको साझा संस्था भएकाले इतिहासको सम्मान नगरिए त्यसमा सबैको अपनत्वबोध नहुने उहाँले चर्चा गर्नुभयो ।

फोनिजका सल्लाहकार खिम घलेले संस्थापकको विषयलाई जति छिटो टुङ्गोमा पुगाउनसके त्यति सहज हुने बताउनुभयो । अहिलेसम्मको तथ्यले संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई स्वीकार गरेकाले उहाँलाई मान्नुपर्ने उहाँको सुझाव छ । महासंघले स्वतन्त्र समिति गठन गरेर त्यस विषयमा अध्ययन प्रतिवेदन तयार गर्न सक्ने पनि उहाँले बताउनुभयो । कृष्णप्रसाद भट्टराईलाई संस्थापक मान्नुको कारणबारे अझै महासंघले प्रष्ट पार्न नसकेको उहाँले टिप्पणी गर्नुभयो ।

फोनिजका अध्यक्ष गजुरधन राईले संस्थापकको विषयमा महासंघले न्याय गर्नुपर्ने बताउनुभयो । संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ भएको लिखतले बोल्नेगरेकाले तथ्यलाई स्वीकार गरी अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । आम सञ्चार प्रतिष्ठान गठनमा फोनिजको सहयोग रहने उहाँले प्रष्ट पार्नुभयो ।

प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राईले अहिलेसम्मको सबै दस्तावेजले संस्थापकमा सत्यनारायणबहादुर श्रेष्ठलाई नै स्वीकार गरेकाले संस्थापक मान्नमा महासंघले अप्ठेरो मान्न नुहने बताउनुभयो । सत्यलाई स्वीकार नगर्ने हो भने इतिहास माथिको बेइमानी हुने भन्दै महासंघलाई त्यसबारेमा चाँडो निस्कर्षमा पुग्न आग्रह गर्नुभयो । पूर्व प्रधानमन्त्री भट्टराईप्रति सबै नेपालीको उच्च सम्मान रहेपनि संस्थापक अध्यक्ष उहाँ नरहेको उपाध्यक्ष राईले बताउनुभयो ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझाले नेपाली पत्रकारिता र राजनीतिक क्षेत्रमा कृष्णप्रसाद भट्टराई परिवारको उच्च योगदान रहेकाले सम्मान गर्नुपर्ने बताउनुभयो । तत्कालिन नेपाल पत्रकार संघ वि.सं. २००८ सालमा गठन भएपनि त्यसको निरन्तरता नभएका कारण भट्टराईले आफ्नो नेतृत्वमा २०१२ सालमा पुनः संघ गठन गरेको उहाँले दावी गर्नुभयो । यद्यपि संस्थापकको विषयमा अध्ययन र छलफल गर्न युनियन तयार

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu