Connect with us
Kapilvast Forest

नाबालिकालाई यौन दुब्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

२०७९, ३ असार शुक्रबारमा प्रकाशित

rape

गुल्मीमा कक्षा तीनमा अध्यन गर्ने छात्रालाई यौन दुब्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ३ को प्रतिभा आधारभुत माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवालीले कक्षा तीनमा अध्यनरत नावालिकालाई यौन दुब्र्यवहार गरेको आरेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरीका आधारमा बिहीबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिनुभयो ।

आरोपी शिक्षकलाई बालयौन दुब्र्यवहार सम्बन्धी कसुरमा मुद्धा दर्ता गर्ने तयारी गरेको गुल्मी प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu