Connect with us
Kapilvast Forest

नेपाल बार एशोसिएनको अन्तरक्रियात्मक कार्यशाला गोष्ठी

२०७९, ४ असार शनिबारमा प्रकाशित

नेपाल बार एशोसिएनको आगामी भूमिका तय गर्नका लागि सम्पूर्ण बार एकाइका अध्यक्ष, सचिव र केन्द्रीय सल्लाहकारसँगको अन्तरक्रियात्मक कार्यशाला गोष्ठी काठमाडौँमा सुरु भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा मन्त्री कोईरालाले समग्र न्यायपालिकाको शुद्धीकरणका लागि सबै क्षेत्रबाट प्रारम्भ भइसकेको तर अदालतहरूबाट प्रारम्भ हुन नसकेको बताउँदै जबसम्म स्वयं अदालतबाट यो कार्य प्रारम्भ हुँदैन तबसम्म अन्तिम नतिजा प्राप्त नहुने बताए ।

अन्तरक्रियात्मक कार्यशाला गोष्ठीमा समग्र न्यायपालिकाको सुधारका लागि घनीभूत छलफल गरी अन्त्यमा घोषणापत्र समेत जारी गर्ने कार्ययोजना समेत रहेको महासचिव अन्जिता खनालले जानकारी दिएकी छन् । त्यस्तै अदालत र बार एशोसिएशनमा भएका समस्या, विकृति र विसङ्गति न्यूनीकरणका सम्भावित उपायहरू, न्यायालयको शुद्धीकरण र सुदृढीकरणको निम्ति वार एशोसिएशनले खेल्नुपर्ने आगामी भूमिकाको स्वरूप, कानुन व्यवसायीको साख एवं दक्षता अभिवृद्धिका लागि एशोसिएशनले खेल्नु पर्ने भूमिका र स्वैच्छिक निःशुल्क कानुनी सेवाको अवधारणा र अवस्थाका सम्बन्धमा छलफल गरिने बताइएको छ । अन्तरक्रियात्मक कार्यशाला गोष्ठी नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल प्रसाद घिमिरेज्यूको अध्यक्षतामा

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu