Connect with us
Kapilvast Forest

अवधी भाषा हाम्रो गहना हो: मुख्यमन्त्री केसी

२०७९, ४ असार शनिबारमा प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अवधी भाषा हाम्रो गहना भएकोले यसको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कपिलवस्तुको तौलिहवामा आयोजना गरिएको अवधि सम्मेलनको उदघाटनसत्रमा मुख्यमन्त्री केसीले सो कुरा बताउनुभएको हो ।

अवधी भाषालाई आर्को पुस्ताका लागि विकास र विस्तार गर्न लुम्बिनी प्रदेश सरकार कटिबद्ध भएर लाग्ने मुख्यमन्त्री केसीले प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले भन्नुभयो “साहित्य, कला, नाटक र रचनालाई सार्वजनिक गर्ने स्थलको रुपमा कपिलवस्तुलाई सुनिश्चित गरिसकेका छौं ।”

अवधी भाषाको कर्मभुमिको रुपमा विकास गर्न कपिलबस्तुलाई सांस्कृतिक राजधानी बनाउने घोषणा पनि प्रदेश सरकारले गरिसकेको उहाँले बताउनुभयो । मुख्यमन्त्री केसीले भन्नुभयो “नेपाल र भारतको सम्बन्ध रोटीबेटीको मात्रै नभएर भाषा संस्कृतिको पनि भएको यो सम्मेलनले उद्घोष गरिसकेको छ ।”

असार १० गते कपिलवस्तु नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा यहाँको भाषा, संस्कृति, भेषभूषाको संरक्षणका निम्ति कार्यक्रमहरु ल्याउने उहाँले बताउनुभयो । कपिलवस्तुलाई लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक राजधानीको रुपमा पनि विकास गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ । भाषा, कलाको संरक्षणका लागि कपिलवस्तुमा बहुसांस्कृतिक सङ्ग्रहालय बनाउने प्रक्रिया अगाडि बढिसकेको पनि उहाँले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu