Connect with us
Kapilvast Forest

काठमाडौँ महानगरपालिकाले भूमिगत पार्किङका लागि अध्ययन गर्ने

२०७९, ६ असार सोमबारमा प्रकाशित

काठमाडौँ-काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा भूमिगत पार्किङका लागि अध्ययन गर्ने भएको छ । ट्राफिक जाम र पार्किङको समस्या भोग्दै आएको महानगरभित्र ठूलो क्षेत्रफलमा सुविधा सम्पन्न पार्किङ निर्माण गर्ने योजना महानगरपालिकाको आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेटिएको छ ।

महानगरपालिकाको ११औँ नगर सभामा सार्वजनिक गर्दै महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फोहोरबाट ऊर्जा उत्पादनका लागि महानगरसहित अन्य स्थानीय तहका उपयुक्त स्थानमा ‘वेस्ट टु इनर्जी प्लान्ट’ स्थापना गर्ने नीति बनाएको बताउनुभयो ।

महानगरपालिकाले महानरवासीको गुनासो सुनवाइ गरी कार्यान्वयन गर्ने उद्देश्यले हरेक महिनाको पहिलो आइतबार “जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने, महानगरपालिकाको कामलाई पारदर्शिता कायम गर्न महानगरअन्तर्गतका सबै वडा र मतहतका कार्यालयमा सीसी क्यामरा जडान गर्ने कुरा नीतिमा समावेश छ । महानगरका करदाताको स्वास्थ्य बीमाका लागि ५० प्रतिशत अनुदान दिने महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरमा होमस्टे

काठमाडौँ महानगरपालिकाले सार्वजनिक, निजी क्षेत्र र स्थानीयसँग सहकार्य गरी काठमाडौँमा होमस्टे सञ्चालन गर्ने नीति बनाएको छ । हाडीगाउँमा भएको सम्पदालाई पुनः उद्धार गर्दै होमस्टे सञ्चालन गर्ने महानगरपालिकाका प्रमुख शाहले बताउनुभयो ।

महानगरपालिकाको वडा नं. ३२ स्थित तीनकुनेको खाली रहेको जग्गालाई सङ्घीय सरकारसँग सहकार्य गरी आवश्यक पूर्वाधार निर्माण गर्ने आगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । महानगरपालिकाले ‘सांस्कृतिक सहर समृद्ध महानगर’ भन्ने नारासहित महानगरभित्रका बस स्टपमा पुरातात्त्विक शैलीका फल्चा निर्माण गर्ने, भूकम्पले क्षतिग्रस्त बनाएको महानगरपालिकाको बागदरबारमा रहेको कार्यालय भवनलाई प्रबलीकरण गरी पुनः सञ्चालनमा ल्याउने नीति महानगरपालिकाले बनाएको छ ।

त्यस्तै नेवारी पेय पदार्थलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने, महानगरभित्रका फुटपाथ पसल हटाउने, ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने, महानगरभित्रका पूर्ण अशक्तले मासिक पाउँदै आएको तीन हजार रुपियाँलाई बढाएर मासिक छ हजार रुपियाँ पु-याउनेलगायतका विषय पनि नीतिमा समावेश गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu