Connect with us
Kapilvast Forest

कक्षा ८ मा सबैजना फेल भएपछि विद्याथीहरुद्धारा अन्दोलन

२०७९, ६ असार सोमबारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ६ मा रहेको त्रिभुवन आर्दश माध्यमिक विद्यालय पिपरीका विद्यार्थीहरु अन्दोलित भएका छन । शिवराज नगरपालिकाले संचालन गरेको कक्षा ८ को नगर स्तरिय परिक्षामा सबै विद्यार्थी फेल भएपछि अन्दोलित भएका छन ।

कक्षा ८ मा अध्ययनरत सबै विद्यार्थीहरु फेल भएपछि विद्यालयको प्रधानाध्यापक विरुद्ध अन्दोलन गरेका छन । कक्षा ८ मा ७५ जना विद्यार्थी अध्ययनरतर रहेका थिए । विद्यालयका शिक्षकहरुले पठानपाठनमा ध्यान नदिदाँ फेल भएको भन्दै विद्यार्थीहरुले सोमबार विद्यालयमा आन्दोलन गरेका थिए ।

शिवराज नगरपालिका वडा नं ६ का वडा अध्यक्ष महेताव आलम खाँनले विद्यार्थीहरुको माग सम्बोधन गर्दै अन्दोलनरत विद्यार्गीहरुलाई बार्ता गरे पछि दुई दिनका लागि अन्दोलन रोकीएको रोकिएको छ । आफनो माग सम्बोधन नभए थप अन्दोलनका गर्नै अन्दोलनमा सहभागी विद्यार्थीहरुले जानकारी दिएका छन् ।

विद्यालयका प्रधानाध्यपक घनश्याम चौधरी विद्यालयमा नआएकोले आएपछी मात्र विद्यार्थी र शिक्षक विच बृहत बार्ता गरी अन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्ने सहमती भएको विद्यालय व्यवस्थापन समितिका सदस्य मनोरथ चौधरीले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यपक घनश्याम चौधरी विद्यालयमा कसैलाई जानकारी नै नदिई काठमाण्डौँ गएको अन्दोलनरत विद्यार्थीले बताएका छन ।
यता शिवराज नगरपालिका शिक्षा अधिकृत पुर्ण विश्वकर्माले सबै विद्यार्थीहरु फेल भएको विषय शिक्षा समितिको बैठकमा पेश गरी छलफल गरिने बताउनुभयो । अबको केही दिनमा बैठक बस्ने विश्वकर्माले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu