Connect with us
Kapilvast Forest

कपिलवस्तुको विजयनगरमा १५ शैयाको अस्पताल शिलान्यास

२०७९, ६ असार सोमबारमा प्रकाशित

कपिलवस्तुको विजयनगर गाउँपालिकामा १५ शैयाको सुविधा सम्पन्न अस्पतालको शिलन्यास भएको छ । सोमबार गाउँपालिका अध्यक्ष गोपाल थापाले अस्पतालको शिलन्यास गर्नु भएको हो । अध्यक्ष थापाको पहिलो कार्यकालमा पहल भई अस्पताल निर्माणको योजना परेको थियो भने दोस्रो कार्यकालको सुरुवातमा नै शिलन्यास समेत भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको संयुक्त सहभागितामा विजयनगर गाउँपालिका वडा नम्बर–६, बद्दौरमा एक कार्यक्रमको आयोजना गरि पालिकामा अस्पतालको शिलान्यास गरिएको हो ।
अस्पतालको शिलन्यास गर्दै गाउँपालिका प्रमुख थापाले गाउँपालिका बासीले अब उपचारका लागी अन्यत्र जानु पर्ने बाध्यता हट्ने बताए ।

पालिकामा ठूलो अस्पताल नहुदाँ स्थानियहरु उपचारका लागी चन्द्रौटा, बुटवल जानु पर्ने बाध्यता रहेकोले गाउँपालिकामा अस्पतालको आवश्यकतालाई पनि मध्य नजर गर्दै अस्पताल निर्माण गर्न लागिएको बताए । अन्य छिमेकी पालिकाले बनाउन नसकेको अवस्थामा गाउँपालिकाले निर्माण सुरुवात गर्न सफल भएको बताए ।

कार्यक्रम लाइ सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अस्पताल विकासको लहर सँगै रोजगारिका अवसरहरु सिर्जना हुने बताइन । आफ्नै गाँउपालिकामा १५ शैयाको अस्पताल बन्न लाएकोमा उपाध्यक्ष चौधरीले खुशि प्रकट गरिन । अस्पताल शिलान्यासको काम अगाडि बढेसँगै गाउँपालिका वासीमा नयाँ आसा जगाएको उनले बताइन ।

सिलान्यास कार्यक्रम लाइ सम्बोधन गर्दै विजयनगर गाउँपालिका प्रशासकीय अधिकृत गोबिन्द भट्टराईले अस्पताल निर्माणको कार्य अघि बढी सकेकोले , ठेकेदार कम्पनीलाई समय मै काम गर्न सम्पन्न गर्न आग्रह गर्नु गरे । निर्माण हुने अस्पतालमा आधारभुत तहको स्वास्थ्य सेबा संगै जनरल फिजिसियन, प्रसूति, ल्याब, फार्मेसि, डेन्टल आँखा लगायतका आधारभुत सेवा उपलब्ध हुने प्रमुख प्रशासकिय भट्टराईले बताए ।

१६ करोड ७ लाख ७१ हजार ३ सय ९४ रुपैयामा बन्न लागेको अस्पतालको निर्माणको ठेक्का बिकोइ रनव सिर्जनशिल जेभि कन्स्ट्रक्सनले पाएको छ । अस्पताल निर्माण गर्न ०७९ बैशाख २१ गते सम्झौता भएको र २०८१ बैशाख २१ गते सम्म सम्पन्न गरि गाउँपालिकालाई बुझाइने इन्जिनियर नबिन घिमिरेले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu