Connect with us
Kapilvast Forest

बलात्कारका आरोपी मनोज पाण्डेलाई अदालतले पठायो थुनामा

२०७९, ६ असार सोमबारमा प्रकाशित

 

काठमाडौं -बलात्कारका आरोपी मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ।मनोज पाण्डे भनिने मनोजकुमार जैशीलाई मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुरुपयोगको कसूरमा आज (सोमबार) पुर्पक्षका लागि थुनामा पठाएको काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए।

८ वर्षअघि भएको सुन्दरी प्रतियोगितामा आफूमाथि बलात्कार भएको भन्दै एक नाबालिकाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्। पाण्डेविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जेठ ८ र ९ गते दुई वटा उजुरी परेपछि स्वयम्भुबाट उनी पक्राउ परेका थिए।

पाण्डेविरुद्ध एक नाबालिकाले आफूलाई बाल यौन दुरुपयोग गरेको भन्दै जेठ ८ गते उजुरी दर्ता गराएकी थिइन्। अर्की पीडितकी आमाले आफ्नी छोरीलाई कहिले फोटो सुट, कहिले सक्सेस पार्टी दिने नाममा होटल तथा विभिन्न स्थानमा बोलाएर धम्की दिई नसालु पदार्थ खुवाएर बलात्कार गरेको भन्दै जेठ ९ गते निवेदन दिएकी थिइन्। निवेदनमा धाकधम्की दिएर झुक्यानमा पारी नसालु पदार्थ खुवाएर बेहोस बनाएको र नियन्त्रणमा राखेर बलात्कार गर्नुका साथै वेश्यावृत्तिमा लगाउने गरेको आरोप पाण्डेमाथि लगाइएको छ।

दुवै जाहेरी दर्ता गरी जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान शुरु गरेको थियो। अनुसन्धानलगत्तै प्रहरीले पाण्डेविरुद्ध जेठ २७ गते मानव बेचबिखन तथा ओसारपसार र जेठ ३० गते बाल यौन दुरुपयोगको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो।

पाण्डेमाथि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश गरिएकोमा जिल्ला अदालतले पाण्डेलाई पुर्पक्षका लागि सदरखोर डिल्लीबजार पठाएको हो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu