Connect with us
Kapilvast Forest

मोटरसाइकल दुर्घटनामा परि कपिलवस्तुका एक युवकको मृत्यु

२०७९, ६ असार सोमबारमा प्रकाशित

accident

 

बुटवल-रूपन्देहीको तिलोत्तमामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु ८३ प ९८४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कपिलवस्तु महाराजगन्ज ९ का २४ वर्षीय बसन्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा गुडिरहेको उक्त मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठक्कर खाँदा दुर्घटनामा परेको हो।दिउँसो ४ बजेतिर उक्त दुर्घटना भएको र मृतकको शव पोष्टमर्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu