Connect with us
Kapilvast Forest

विजयनगरका ४ सय १५ छात्राहरुलाई निशुल्क साइकल

२०७९, ८ असार बुधबारमा प्रकाशित


कपिलवस्तु
– कपिलवस्तुको विजयनगर गाउँपालिकाले छात्राहरुलाई निशुल्क साइकल वितरण गरेको छ । छात्राहरुले विद्यालय छाड्ने संख्या कम गर्न नियमित विद्यालय आउन सहज बनाउन गाउँपालिकाले ४१५ जना छात्राहरुलाई साइकल वितरण गरेको हो । गाउँपालिकामा रहेको ६ वटा माध्यमिक विद्यालयमा कक्षा ९ र कक्षा ११ मा पढ्ने छात्रा विद्यार्थीहरुलाई नियमित विद्यालयमा उपस्थिती गराउन र पढाइ प्रति लगाव बढाउन साइकल वितरण गरिएको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए ।

गाउँमा मावि तहको विद्यालयमा पढ्न आउने विद्यार्थीहरु टाढाबाट आउनु पर्ने पैदल आउनु पर्ने कारणले विद्यालय नियमित नआउने र विस्तारै विद्यालय नै छाड्ने हुदाँ छात्राहरुलाई विद्यालयमा टिकाउन र उनीहरुको विद्यालय आवतजावतमा सहजता ल्याउन साइकल वितरण गरिएको अध्यक्ष थापाले बताए । कक्षा बढ्दै जादाँ छात्राको विद्यालयमा छात्राको संख्या घट्दै जाने समस्या देखिए पछि गत बर्ष बाट छात्राहरुलाई साइकल वितरण कार्यक्रम सुरु गरिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बताउनु भयो ।

“छात्राहरुले विचमा नै विद्यालय छाड्ने दर साइकल वितरण कार्यक्रमले केहि हद सम्म भए पनि न्यूनिकरण गरेको छ” उपाध्यक्ष चौधरीले भन्नु भयो । छोरीलाई शिक्षित बनाए मात्रै समाज सशसक्त हुन्छ त्यसैले छोरी पढाउन अभिभावकलाई समेत यो कार्यक्रमले हौसला प्रदान गरेको छ उहाँले भन्नु भयो । गाउँपालिकाले छात्रालाई विद्यालयसँग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले बताउनुभयो । गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत साइकल वितरण गरेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाउँपालिका प्रशासकीय अधिकृत गोविन्द भट्टराईले साइकल पाए पछि टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गरे । बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा पालिकालाइलाई अग्रपङ्तिमा राखेर काम गरिरहेको बताए । गाँउपालिकाले छात्राहरुलाई साइकल वितरण कार्यक्रम संचालन गरे पछि विद्यालय छाड्ने दरमा समेत कमि आएको गाउँपालिका प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष दिनेश चौधरीले जानकारी दिए ।

गत बर्ष यहि कार्यक्रमबाट २ सय ४० जना छात्राले साइकल पाएका थिए भने अहिले विद्यालय ४ सय १५ जना छात्राले साइकल पाएका छन यसरी हेर्दा पनि छात्राहरु विद्यालय प्रति आर्कषित भएको देखिन्छ चौधरीले भने । गाउँपालिकाले छोरी पढाउ , छोरी बचाउ कार्यक्रम , पहिलो छोरीको खाताका १५ हजार र कक्षा ६ मा अध्ययन गर्ने छात्रालाई झोला ड्रेस र स्टेशनरी वितर जस्ता कार्यक्रम गाउँपालिकाले सन्चालन गर्दै आएको प्रवक्ता चौधरीले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu